सान फ्रान्सिस्कोमा ग्लाेबल फिल्म अवार्डकाे तयारी तिब्र

काठमान्डौ– अमेरिकाको सान फ्रान्सिस्को सहरमा हुन लागेको चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड–२०१९ को तयारी तिब्र भएको छ ।
राजधानी काठमान्डौमा पत्रकार सम्मेलन गदै तयारी बारे जानकारी गराइएको हो ।नेपाली सिनेमालाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिने उद्देश्य सहित हुन लागेको अर्वाडमा नेपाली सिनेमालाई अन्तराष्ट्रिय स्तरमा पहिचान,सिनेकर्मिहरुलाई सम्मान, सिनेमाको बजार प्रर्वद्धन, चलचित्र पर्यटन अन्तरक्रिया तथा पर्यटन वर्ष २०२० मा नेपालमा अधिक पर्यटन भित्राउने उद्देश्य राखिएको आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।
उनका अनुसार अर्वाड कार्यक्रममा नवोदित देखि स्थापित सबै कलाकारहरुको एकसाथ जमघट हुनेछ । आउदो नोभेम्बर ३० मा अर्वाड हुदैछ ।

नेपाली सिनेकर्मिहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले अर्वाड कार्यक्रम हुदै आएको कार्यक्रम निर्माण संयोजक तथा चलचित्र निर्देशक नारायण पुरीले जानकारी दिए । उनका अनुसार अर्वाडले सिनेकर्मिलाई एउटै थलोमा जमघट गर्ने मात्र नभई नेपाली सिनेमालाई ग्लोबली रुपमा पहिचान दिन पनि अर्वाडले मदत गर्नेछ ।
नेपाली सिनेमालाई अन्तराष्ट्रिय पहिचान दिने उद्देश्य सहित आयोजना हुन लागेको कार्यक्रममा विभिन्न विद्यामा अर्वाड समेत प्रदान हुने गोल्डेन स्टेट मुभी मेकर एलएलसिका अध्यक्ष यज्ञलाल श्रेष्ठले जानकारी दिए ।
अर्वाडको नेपाल कार्यक्रम संयोजक मधु श्रेष्ठ तथा नेपाल फिल्म अर्वाडका अध्यक्ष नवराज श्रेष्ठ र कलाकारको संयोजक श्याम भट्टराइ रहेका छन् ।
ग्लोबल नेपाली फिल्म अर्वाड एएलसि अमेरिका, नेपाल फिल्म सोसाइटी नेपाल तथा गोल्डेन स्टेट भुभी मेकर एलएलसि युएसएले संयुक्त रुपमा अर्वाड आयोजना गरेको हो ।
कार्यक्रमको स्थान, साउन्ड लाइट, डेकोरेशन तथा होटल बुकिङको काम समेत भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रममा अग्रज कलाकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड लगायत अन्य पुरस्कार पनि प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई मनोरजनात्मक तुल्याउन नेपाली कला संस्कृति झल्कने, नृत्य गीत संगै विभिन्न प्रहसन समेत देखाइने कार्यक्रम छ ।