टेक्सस– अमेरिकाको ओहा योमा कोरोना भ्याक्सिन लगाउन उत्प्रेरित गर्ने उद्देश्यले खोलिएको भ्याक्स–ए मिलियन लोटरी टिकटमा २२ वर्षिया एबिगल बुगेन्सकीले दस लाख डलर जितेकी छिन् ।
ओहायो राज्य सरकारले युवालाई भ्याक्सिन लगाउन उत्प्रेरित गर्न खोलिएको लोटरी टिकटमा उनले यो पुरस्कार जितेकी हुन । कोरोना भ्याक्सिनको एउटा सटले उनको पुरै जिन्दगी परिवर्तन गरिदिएको छ ।
उनले यो पुरस्कार पाएको भनेर धेरैले भन्दा विश्वास गरेकी थिइनन । गर्भरन माइक डेवाइन संग कुराकानी भएपछि उनको खुशीको सिमा रहेन । उनले खुशीले रुन थालिन । लोटरी विजेता एबिगल मेकानिकल इन्जिनियर हुन । उनी सिनसिनाटी को जीइ एविएसन कम्पनीमा काम गर्छिन ।
ओहायोका गर्भनर डिवाइनले उनको जीतबाट प्रभावित भएर अरु भ्याक्सिन नलगाएकाले पनि भ्याक्सिन लगाउने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा अहिले आधा जनसंख्याले कोरोनाको भ्याक्सिन लगाइसकेका छन्

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected