अमेरिका– अमेरिकी शोधकर्ता वैज्ञानिकले कोरोनाभाइरसको प्रभाव रोक्ने औषधी विकास गरेका छन् । सार्स–सिओवी–२ को प्रभाव रोक्ने संगै श्वासप्रश्वासको सक्रमणको उपचार पनि यो औषधीले गर्नैछ । मुसामा यो औषधीको प्रयोग सफल भएको छ । पेन्सिलभेनिया विश्वविद्यालयका शोधकर्ताको एउटा टिमले डाय–अब्जी नामको औषधी विकसित गरेका हुन । यो औषधीले प्रतिरक्षा प्रणालीलाई मजबुत राख्न मदत समेत गर्नेछ ।
यो औषधीले कोरोना भाइरस संक्रमणलाई गंभीर रुपमा जानबाट समेत रोक्न विश्वास गरिएको छ ।
मुसामा गरिएको परीक्षणबाट यो औषधीले शरीरमा भाइरस फैलिन समेत दिनेछैन । शोधमा शामेल औषधी विज्ञानका प्रोफेसर सारा चेरीले यो औषधी कोरोना संक्रमण रोक्नमा महत्वपुर्ण भुमिका खेल्ने बताएका छन् ।
अहिलेसम्म गरिएको अध्ययनमा यो औषधी बालक देखि व्यस्क सबैका लागी सुरक्षीत पाइएको छ । अध्ययनमा आएको तथ्य अनुसार यो औषधीले कोरोनाको विरुद्ध इम्युनिटी शक्ति धेरै वर्षसम्म जीवित राख्न मदत गर्ने समेत देखिएको छ । पछिल्लो समयमा कोरानाको भ्याक्सिन आएपछि एन्टीबाइटिक नआइसकेको अवस्थामा अध्ययनबाट विकसित भएको यो औषधी प्रभावकारी हुने वैज्ञानिकहरुको दाबी छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...