अमेरिका–अमेरिकामा भीडभाडमा बन्दुक आक्रमणमा लगात्तार बृद्धि भइरहेको छ । अमेरिकामा पछिल्ला दिनहरुमा भीडहरुमा जथाभावी बन्दुक आक्रमण गर्ने क्रम बढेको हो ।
गएको १३२ दिनमा अमेरिकामा यसरी भीडभाडमा बन्दुक आक्रमणका २ सय बढी घटनाहरु घटेका छन् । घटना बढेपछि अमेरिकामा बन्दुक विक्रीमा रोक लगाउनुपर्ने आवाज उठेको छ । अमेरिकामा बेरोकतोक बन्दुक विक्री बढेपछि यसलाई रोक्न कडा कानुन ल्याउन दबाब बढेको छ ।
हतियारको खुलेआम विक्री वितरणको कट्टर विरोधी डेमोक्रेट पार्टि अहिले सत्तामा छ । बाइडेन प्रशासनले बढी संख्यामा भइरहेको बन्दुक विक्री वितरण रोक्न कडा कदम चाल्ने तयारीमा जुटीरहेको छ । अमेरिकामा दिनहु यसरी गोलाबारीका घटनाहरु बढदै गएपछि जनस्तरबाटै बन्दुक नियन्त्रणका लागी आवाज उठदै गएको छ । एक अध्ययन अनुसार अमेरिकामा सय जना मध्ये ८८ जना जना अमेरिकी नागरिक संग बन्दुक रहेको छ । अमेरिकामा बन्दुक राख्न पाइने सहज कानुनका कारण पनि घटनाहरु बढेका हुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत बन्दुक हिंसाका घटनाहरु बढेपछि बन्दुक नियन्त्रणका लागी कार्यकारी आदेश जारी गरिसकेका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...