अमेरिका– अमेरिकामा कोरोना भ्याक्सिन लगाउन जागरुकता प्रदान गर्न सरकारले विभिन्न उपहार कार्यक्रम ल्याइरहेको छ । तर अमेरिकाको क्यालिफोर्नियाको एउटा रेष्टुरामा आउनेहरुले मास्क लगाएर आए उल्टै जरिवाना दिनुपर्छ । यो अनौठो नियम सुनेर धेरैलाई पत्यार नलाग्न सक्ला तर क्यालिफोर्नियाको फिडलेहेडस क्याफेमा भने तपाई मास्क लगाएर जानु भयो भने उल्टै जरिवाना तिनुपर्ने हुन्छ । उक्त क्याफेका संचालक क्रिस क्यासलमेनले आफनो क्याफेमा आउनेलाई यस्तो नियम बनाएका हुन । मास्क लगाएर आउनेलाई मित्र प्रवेश गर्न दिइदैन । यदि तपाई मास्क लगाएर भित्र छिर्नु भयो भने ५ डलर जरिवाना तिर्नुपर्छ । यदि तपाईले आफनो मास्क डस्टविनमा फालिदिनु भयो भने आफनो अर्डरमा ५० प्रतिशत डिस्काउन्ट पनि पाउनु हुनेछ ।
क्याफे भित्र कोरोना भ्याक्सिन तारिफ गरेको पाइएमा समेत ५ डलरको जरिवाना तिर्नु पर्ने नियम उक्त क्याफेले बनाएको छ । जरिवानाबाट आएको सारा रकम च्यारिटी ट्रस्ट लाई प्रदान गरिने संचालकले जनाएका छन् ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected