अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेनले आफनो पत्नीको जन्मदिन ८ दशमलव ४ किलोमिटर साइकलिङ गरेर मनाएका छन् ।
साइकलिङका क्रममा जुटेका सयौ समर्थकहरुले अमेरिकी पहिलो महिला तथा उनको ७० औ जन्मदिनको बधाई दिएका थिए । जन्मदिन मनाउन उनिहरुले आफनो गृहनगर डेनभरलाई रोजेका थिए । ७८ वर्षिय जो बाइडेन तथा ७० वर्षिय जील बाइडेन सेक्रेट सर्भिसको सुरक्षामा डेनभरको नजिक हेनलोपेन स्टेट पार्कमा साइकलिङ गरे । सोसल मिडियामा अधिक शेयरिङ भएको छ भिडियो ।
अमेरिकाको राष्ट्रपति पदभार समालेपछि जो बाइडेनकेा यो पहिलो भ्याकेसिन ट्रीप हो । केही दिन आफनो भ्याकेसन मनाएका जो बाइडेन दम्पत्ति आज शुक्रबार नै बाइट हाउस फर्कदैछन् । लामो समय देखि एउछटा सामुदायिक कलेजमा अंग्रेजी विषय प्राध्यापन गदै आएकी जील बाइडेनको अहिले अनलाइन पढाउदै आएको कोर्स पनि पुरा भएको छ । जो बाइडेनले आफनो पहिलो श्रीमतिको निधन भएपछि सन् १९७७ मा जील बाइडेन संग विवाह गरेका थिए ।
-एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...