अमेरिकी सर्वोच्च अदालतको फैसला– गैरकानुनी रुपमा प्रवेश गरेकाहरुले ग्रिनकार्ड नपाउने

अमेरिका– गैरकानुनी रुपले अमेरिका प्रवेश गरेकालाई ग्रिनकार्ड आवेदन दिन रोक लगाउने अमेरिकी सर्वोच्च अदालतले फैसला गरेको छ ।
गैरकानुनी रुपमा प्रवेश गरि अस्थायी रुपमा सबेर टिपिएस लिएकालाई ग्रिनकार्ड आवेदन दिन रोक्न लगाउन सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको हो ।
अमेरिकाको सर्वोच्च अदालतकी न्यायधिस एलेना कागनले सोमबार एक आदेश जारी गरि यस्तो निर्देशन दिएकी छन् । यो आदेशसंगै अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर टिपिएस लिएका नेपालीहरु प्रभावित हुनेछन् । यस अघि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति जो बाइडेनले अमेरिकामा रहेका गैरकानुनी रुपमा बसेका आप्रवासीलाई ग्रिनकार्ड हुदै नागरिकताको बाटोमा लैजाने बताउदै आएका थिए । तर सर्वोच्च अदालतले ठिक बाइडेनको निति विपरीत फैसला गरेको छ।
अमेरिकी संसदले यसलाई स्थायी समाधानको बाटो नखोजे कानुनी प्रकृयामा रही ग्रिनकार्ड आवेदन दिएका आप्रवासी समेत प्रभावित हुने कानुनी विश्लेषकहरुले बताएका छन् ।
गैरकानुनी रुपमा अमेरिका प्रवेश गरी अस्थायी रुपमा बस्दै आएकाहरु अमेरिकामा स्थायी बसोबास अर्थात ग्रिनकार्ड पाउन योग्य नहुने समेत अदालतले ठहर गरेको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...