अमेरिका– अमेरिकी राष्ट्रपति जो बाइडेन का मुख्य सल्लाहकार तथा वरिष्ठ संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा नया कोरोनाभाइरसको डेल्ट भेरियन्ट देखिएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । बेलायतमा तिव्र रुपमा फैलिएको कोरोनाको योभेरियन्ट निकै संक्रमक रहेकोले लार्पावाही नगर्न समेत सुझाव दिएका हुन । उनका अनुसार अहिले अमेरिकामा यो डेल्टा भेरियन्ट  ६ प्रतिशत भन्दा बढी संक्रमणहरु भेटिएको फाउचीले जानकारी दिएका छन् । अमेरिकामा यो नया प्रकृतिको भाइरस फैलिनबाट रोक्न सबै अमेरिकनहरुलाई कोराना विरुद्धको भ्याक्सिन लगाउन आव्हान समेत गरिएको छ ।
यो भाइरस अघिल्लो वर्षको अक्टोबरमा भारतमा फेला परेको थियो ।
बेलायतमा तिव्र रुपमा फैलिएको यो भाइरसले सबैभन्दा बढी १२ देखि २० वर्षका युवाहरु चपेटामा परेका छन् । विश्व स्वास्थय संगठनका अनुसार यो प्रकृतिको भाइरस अहिले विश्वका ६२ वटा देशमा फैलिसकेको छ ।
राष्ट्रपति जो बाइडेनले पनि एक ट्वीट गदै डेल्टा भेरियन्टबाट जोगिन सबैलाई भ्याक्सिन लगाउन भनेका छन् । उनले यो ज्यादञै संक्रमक र १२ देखि २० वर्ष उमेर समुलाई चपेटामा पारेकोले सचेत रहन आग्रह गदै सबै युवालाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन जोड दिएका छन् ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected