युटा– अमेरिकाको युटा राज्यमा शनिवार दिपावलीको अवसर पारेर शुभकामना साझा कार्यक्रम आयोजना भयो ।
नेपाली समाज युटाको दस वर्ष पुगेको उपलक्ष्यमा गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुले गीत नृत्य र विभिन्न सांगीतिक प्रस्तुती दिएर कार्यक्रमलाई रंगमय बनाएका थिए ।
नेपालमा टेलिभिजन प्रस्तोताको क्रममा लोकप्रियता हासिल गरेकी सबुश्री तिवारीले आकर्षक तवरले कार्यक्रमको संचालन गरेकी थिइन । संचालनमा उनलाई सघाएकी थिइन सोनु ढकालले ।
उनको प्रस्तुतीसंगै सुरु भएको कार्यक्रममा नेपाली पहिरनमा कलाकारहरुले प्रस्तुत गरेको गीत तथा नृत्यले सहभागिहरुलाई बढी प्रभावित पारेको थियो ।
खास गरी नेपाली पहिचानलाई बढवा दिन गरिएको कार्यक्रममा कलाकारहरुले नेपाली भाषा तथा संस्कृति झल्कने नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाली भाषा पाठशालाका भाइबहिनीहरुले नेपाली राष्ट्रीयगान गाएर नेपालको परिचय दिएका थिए । कार्यक्रममा गीत संगीतको माहौल संगै नेपाली टिपिकल खानाको समेत सहभागीहरुले स्वाद लिएका थिए ।
नेपाली दाजुभाईलाई एक साथ सहभागी गराई दिपावलीको शुभकामना आदानप्रदान होस भनेर कार्यक्रम गरिएको नेपाली समाज युटाका अध्यक्ष राजु सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा ३ सय भन्दा बढी नेपालीको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...