न्युर्योक सिटी काउन्सिलमा नवराज केसीको दौड

अमेरिका– न्युयोर्क सिटी काउन्सिलमा उम्मेदवारी दिएका नेपाली मुलका नवराज केसीको यतिबेला चर्चा छ । टेक्ससको युलेस सिटी काउन्सिलमा नेपाली मुलका टिका पौडेलले जीत हासिल गरेपछि अब सबैको ध्यान न्युयोर्क सिटी काउन्सिलमा केन्द्रित भएको छ । अमेरिकाका अन्य राज्यमा अमेरिकी राजनितिमा नेपालीहरु होमिए पनि न्युयोर्कमा अहिलेसम्म यसरी होमिएका थिएनन । केसीले न्युयोर्कमा त्यो सहास देखाएका छन् ।
अमेरिकाको न्युयोर्कमा नेपाली समुदाय माझ लोकप्रिय सामाजिक अभियान्ता नवराज केसी न्युयोर्क सिटी काउन्सिल डिष्ट्रिक –१९ का लागी मैदानमा उर्तिएका छन् । यतिबेला अर्लि भोटिङ पनि चलीरहेको छ । उनी डेमोक्रेट पार्टिको तर्फबाट चुनाव लडेका हुन । यही जुन २२ गते प्राइमेरी निर्वाचन हुदैछ । प्राइमेरी निर्वाचन केसीले जिते भने उनले आउदो नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा लडन पाउनेछन् ।
उनलाई जिताउन नेपाली समुदाय मात्र नभई एशियन देखि अमेरिकनहरुले उत्साहजनक रुपमा भोट हालिरहेका छन् ।
‘धेरै उत्साहजनक रुपमा भेाटिंग प्रकृया अघि बढेकेा छ , केसीले युएसनेपालपेाष्टसंगकेा कुराकानीमा भने-‘अहिलेकेा भेाटिंग प्रकृया राम्रेा भइरहेकेा छ ।’
केसीले आप्रवासीहरुको आवाजलाई सम्बन्धीत ठाउमा पुराउन आफुलाई मतदात गरेर जिताउन आग्रह गरिहेका छन् ।
नवराज केसी न्युयोर्कमा क्विन्स बसोबास गदै विभिन्न सामाजिक गतिविधीमा सक्रिय रहदै आएका छन् । उनले अमोरिकामा कोरोना महामारीको समयमा पनि नेपालीस समुदायलाई ठुलो सहयोग अभियान चलाएका थिए । उनी नेपाली समुदायका माझ मात्र नभई अमेरिकन समुदाय माझ पनि सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् ।
, डिक्युन विश्वविद्यालयष् पितस्वर्गबाट मास्टर्स गरेरका केसी बौद्धिक व्यक्त्विको रुपमा परिचित मानिन्छन् । उनी रोटरी क्लब क्विन्सका पुर्व अध्यक्ष, तथा हाल रोटरी इन्टनरेशनलनको जिल्ला गर्भनर समेत हुन । उनी तीन वर्ष अघि क्वीन्स बोरो प्रेसिडेन्टबाट बोर्ड सदस्यमा समेत नियुक्त भएका थिए । नेपालको धादिङ जिल्ला घर भएका केसी सन् २००२ मा अमेरिका आएका थिए ।