टेक्ससका ८८ वर्षे हजुरबाले नातिनी संगै कलेजकेा डिग्री लिए
अमेरिका– मान्छेले हरेक परिस्थितिको सामना गदै हार मान्नु हुदैन । आफनो प्रयास जारी राखे एक दिन सफलता हात पर्न सक्छ । अमेरिकामा यी बृद्द हजुरबुबाले यस्तै सफलता पाएका छन । उनलाई कलेजकेा डिग्री लिन उमेरले छेकेन ।
अमेरिकाका यी बृद्द रेने नेइराले बिगत ७० वर्षदेखि कलेलको डिग्री लिने प्रयास गरेका थिए । अन्ततः उनले अहिले आएर ८८ वर्षको उमेरमा सफलता हासिल गदै ग्रेजुएट भएका छन् । त्यो पनि आफनो २३ वर्षिया नातीनी संगै ग्रेजुएट भएका छन् ।
अमेरिकाको टेक्ससको सान एन्टोनियोका बासिन्दा उनी सन् १९५०को दशकमा कलेजमा भर्ना भएका थिए । पछि उनी परिवारको हेरचाह गर्नुपर्ने भएकाले कलेज जान बन्द गरेका थिए । उनको सपना थियो आफनो शिक्षा पुरा गर्ने । नातिनी मेलानि सालजार संगै उनी कलेज डिग्रीका लागी प्रयास गरे । उनी चार वर्षका लागी युनिभर्सिटी अफ टेक्ससमा भर्ना भए । उनी युनिभर्सिटीमा लोकप्रिय मात्र भएनन अरु विद्यार्थीका लागी पनि प्रेरणा बने । उनले इकोनोमिक्समा ब्याचलर डिग्री हासिल गरेका हुन । १९५० मा विवाह गरेपछि पारिवारिक जिम्मेवारीले पढाई अगाडी बढाउन सकेनन । उनको पाच छोराछोरी छन् र उनीहरु स्थानिय बैकमा काम गर्छन ।
एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...