अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा चोरीको मामिलामा बनेको फितलो कानुनका कारण यहा
चोरीका अपराधीशरुले फाइदा उठाइरहेका छन् ।
अमेरिकाको सानफ्रान्सिसको शहरमा दिनहु यहाकेा रिटेल स्टोरमा चोरीका घटना दिन चौगुनाले
बढीरहेको रिपोर्ट सार्वजनिक भएको छ । विशेष गरि वालग्रिन स्टोरमा चोरीको घटना अप्रत्यासित रुपमा बढेको हो ।
चोरीको घटना बढेपछि यस क्षेत्रमा कम्पनीले १७ वटा स्टोर बन्द गरिसकेको छ । आ“खा अगाडी नै चोरीका घटना हुने गरेका छन् ।
यस हुनुमा २०१४ मा यहा“ बनेको एउटा कानुनका अनुसार
९५० डलर भन्दा कम मुल्यका सामान चोरी गर्नेलाई सानो अपराधको क्षेणीमा राखिएको छ । यस्तो चोरीलाई गंभीर मानिदैन ।
कानुनको यही फाइदा उठाउदै चोरी गर्नेहरुलाई सशक्त बनाइदिएको छ ।
त्यसै गरि कोरोना महामारीका कारण बढेको बेरोजागरी पनि अर्को कारण बनेको छ । यहा“को बालग्रिन्स स्टोरको चोरीको घटना सामाजिक संजालमा भाइरल भएको छ । स्टोरबाट एक जना अश्वेत युवाले साइकल बोकेर स्टोरभित्र छिरेर कालो रंगको प्लाष्टिक झोला भरि बोकेर आराम संग बाहिर निस्कन्छ । देखादेख यसरी सामान चोरी हुदा समेत मुकदर्शक बनेर हेरिरहेका र भिडियो खिच्नु बोहक कसैले केही गर्न सक्दैनन ।

एजेन्सीकेा सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected