अमेरिका– अमेरिकाले कोरोना महामारीसंग लडन अहिले औषधीको रुपमा ट्याब्लेट बनाउन लागी रहेको छ । अमेरिकामा कोेराना महामारीको अवस्थालाई निर्मुल पार्न सरकारले छिटो रुपमा कोरोनाको औषधी विकास गर्न लागेको हो ।
यो कार्य बाइडेन प्रशासनको अगुवाईमा हुदैछ । यो औषधीको खोज विकास
र निर्माणका लागी अमेरिकी सरकारले तीन अर्ब डलर धनराशीको लगानी योजना सार्वजनिक गरेको छ । अमेरिकाको स्वास्थय विभागले कोरोना महामारी विरुद्ध लडन अब औषधी निर्माण गर्न लागेको जानकारी दिएको हो । यो खाने औषधीले कोरानाको गंभीर बिरामीलाई पनि ठिक बनाउन सक्ने खालको औषधीको रुपमा ट्याब्लेट बनाउन लागेको हो । यो औषधी तयार भएपछि कोरोनाका बिरामीले घरमै बसेर सेवन गर्न सक्ने र अस्पताल पनि जानु नपर्ने सम्मको प्रभावकारी हुने विश्वास यहा“का स्वास्थ्य अधिकारीले दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य मामिला हेर्ने सल्लाहकार डा एन्थोनी फाउचीले यो औषधी प्रभावकारी हुने बताएका छन् । यो औषधी इन्फुलुन्जाका सबै मामला पनि लिन सकिने बताएका छन् । केही महिनामा यो औषधी तयार हुने विश्वास गरिएको छ ।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...