अमेरिका– अमेरिकाको कोलोराडो स्प्रिन्समा करोडौमा किनेको घरभित्र छिरेपछि कल्पनै नगरेको दृश्यले घर किन्ने एक महिलाको होश हवास उडेको छ । बाहिर आलिशान दरबार जस्तो देखिने घर भित्र छिरेपछि कुनै हरर सिनेमाको जस्तो विरुप अवस्था देखेपछि ति महिलाको होस उडेको हो । पा“च बेडरुम, तीन वटा गाडी राख्न मिल्ने जग्गा, खुल्ला छत र गार्डेनले सुसज्जित घर निकै सुन्दर देखिन्छ । तर घर भाडामा लिएर बस्ने महिलाले भाडाको विषयमा विवाद भएपछि घर भित्र गालीले भरिएका अक्षरहरु स्प्रे पेन्टले लेखेर छाडेकी थिइन । यतिमात्र हैन घरभित्र दुई वटा मरेको बिरालो समेत छाडेर गएकी थिइन ।


बाहिर शानदार देखिने घरभित्र घर मालिकलाई यी यस्तै गालीले भरिएको अपशब्द पेन्टले लेखेर छाडिएको छ । झण्डै ६ लाख अमेरिकी डलरमा घरमालिकले अर्केलाई बिक्री गरेको उक्त घरको यो दुरदशाले नया मालिकका लागी झनै दुरदशा भएको छ । नया मालिकसग घर बेच्ने महिलासंग नराम्रो भएको छ । घर भाडामा लिएर बस्नेले भाडा विवादमा घरको भित्र यस्तो भुत बंगाला जस्तो बनाएर छाडिदिएपछि ।
रियल स्टेट एजेन्ट मिमि फोस्टद्धारा प्रोपर्टिलाई देखाउदै युटयुबमा भिडियो अपलोड गरिएको छ । यो घरलाई नरकको रुपमा करार गरिएको छ । यो घर किन्नेले भच्युअल टुर गरेपछि घरको सच्चाई झनै जान्नेछन् र दुखी बनाउनेछ । घरको भित्र भित्तै भरि अपशब्दले भरिएको सन्देश लेखिएको घर मालिकनिले अमेरिकी अखबार बासिङटन पोष्टलाई बताएकी छिन् ।

एजेन्सीको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected