अमेरिका– कोराना भ्याक्सिन लिएपछि कोभिड–१९ को खतरालाई लिएर एउटा अध्ययन बाहिर आएको छ ।
कोरोना भ्याक्सिनको डोज लिएपछि कोरोना संक्रमणको जोखिम कम हुने बताइएको छ ।
यदि कोरोना भ्याक्सिन लगाएर पनि कोरोना संक्रमणको शिकार भए पनि त्यो गंभीर हुने खतरा पनि कम हुन्छ ।
शोधकर्ताका अनुसार भ्याक्सिन कोरोना संक्रमणको रोकथाममा निकै प्रभावकारी हुने दाबी गरिएको छ।
अमेरिकाको युनिभर्सिटी अफ एरिजोना हेल्थ साइन्सका प्रोफेसर जेफ बर्गेसले यदि कोरोना
विरुद्धको भ्याक्सिनको दुबै डोज लगाएका व्यक्तिमा कोरोनाको चपेटामा आउने
खतरा ९० प्रतिशत सम्म कम हुने बताएका छन् ।
यदि कोही भ्याक्सिन लगाएर पनि संक्रमण भइहाले पनि जोखिम अति कम हुन्छ ।
अध्ययनको नतिजा न्यु इगलेन्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको हो ।
यो अध्ययन ३ हजार ९ सय ७५ जनना स्वाथ्यकर्मि माथि गरिएको थियो ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...