घाउ दुख्दा मलम दिने सरकार चाहियो
भाग्य लेख्न कलम दिने सरकार चाहियो…
|

माथिका यी पक्ति अमेरिकामा बसेर पत्रकारितामा क्रियाशिल पत्रकार तथा गीतकार सतिष चापागाईका हुन । भर्खरै मात्र सार्वजनिक भएको
सरकार चाहियो बोलको गीतमा यी भावहरु समेटिएका छन् । नेपालमा सरकारको बेथिति र डिग्री सकेर
पनि जागीर नपाएर भौतारिदै बिदेश जाने बाध्यता, अपराधीलाई हाइहाइ र गरीब र निमुखहरुको थिचोमिचोलाई
गीतकार चापागाईले तिखो रुपमा व्यक्त गरेका छन् । गीतमार्फत आम नेपालीको पीडा र मर्म बुझने सरकारको आवश्यकतामा जोड दिइएको छ ।
उनको लेखेको शब्दलाई गला र कलाले श्रुतिमाधुर्य प्रदान गरेका छन् मिठो स्वरका धनी शिशिर योगीले ।
समयसापेक्ष गीत लेखेर गीतकार चापागाईले सुस्त भएको नेपालको सरकारको ढिलासुस्ती र नेपालमा बढीरहेको अराजकता र
निमुखाहरुको थिचोमिचोलाई शब्दमा उतारेर सबै जनताको आवाज बोल्ने सरकार नेपालमा खाचो रहेको गीतमा व्यक्त गरेका छन् ।
नेपालमा रहदा समेत संचार क्षेत्रमा क्रियाशिल रहेका गीतकार चापागाई अमेरिका
आएर पनि त्यसलाई निरन्तरता दिदै साहित्य लेखनमा समेत क्रियाशिल रहेका छन् । उनले यस अघि पनि समयसापेक्ष विभिन्न साहित्य सृजना र गीतहरु लेखिसकेका छन् ।
नेपालका चल्तीका कलाकार सुरवीर पण्डित रश्मी भट्ट जस्ता लोकप्रिय कलाकारलाई समेटेर गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ । गीतकार चापागाई द्धारा सम्पादित नेप्लिज डायस्पोरा डटकमको अपिसियल युटयुब च्यानलबाट गीत सार्वजनिक भएको हो ।
रामजी ज्ञवालीले निर्देशन  गरेको गीतको सम्पदान मिलन श्रेष्ठ तथा संगीत बिबि अनुरागी र मिक्सिङ श्याम श्वेत रसाइलीले गरेका छन् ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected