अमेरिका–अमेरिकाको म्यासाचुस्टेसको जज रोटेनबर्ग एजेकेशन सेन्टर एउटा यस्तो स्कुल हो जहा पढने बिधार्थीलाई बिजुलीको झटका दिने गरिन्छ ।
यस विद्यालयमा पढने मानसिक रुपले अशक्त बिधार्थी जसले आफुलाई हानी गर्ने, फरक व्यवहार तथा आक्रमक व्यवहार गर्नेलाई
बिजुलीको झटका दिएर उपचार गर्ने गरिन्छ । मानसिक रुपमा अशक्त विद्यार्थीहरुमा इलेक्ट्रिक शक थेरापी प्रयोग गर्न
पाउन पर्ने अपिलको पक्षमा अदालतले फैसला समेत गरिदिएको छ ।
डिआरआई अर्थात डिसेबिलिटी राइटस इन्टरनेशन तथा मानवअधिकारबादीले यो उपचार विधीको तिब्र आलोचना गरेका थिए ।
सबैतिरबाट आलोचनना भएपछि अमेरिकाको एफडिआइले प्रतिबन्ध लगाएको थियो ।
एफडिआइको यो प्रतिबन्ध माथि ति बच्चा बच्चीका अभिभावकले संघीय अदालतमा चुनौती दिए ।
अदालतले पनि बच्चा बच्चीको उपचार गर्ने यो चिकित्सा बिधी नियम भित्र पर्ने भन्दै भन्दै यसमा एफडिआइको कुनै अधिकार
नभएको फैसला गदै बिजुलीको झटका दिने प्रतिबन्धलाई हटाईएको छ ।
स्कुलले पनि यस प्रकारको उपचारका कारण धेरै बच्चा बच्ची ठिक भएको दाबी समेत गरेको छ ।
बच्चा बच्चीका अभिभावकले पनि उनिहरुलाई ठिक पार्ने यो आखिरी तरिका भएको भन्दै यसलाई निरन्तरता दिन आफहरुको लडाई जारी रहने बताएका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...