अमेरिका– हामीले अनलाइन खाना अर्डर गरेपछि डेलिभरि ब्वाईको डोरबेलको प्रतिक्षा गर्छो । तर डेलिभरि ब्वाईको ठाउमा कोही प्रहरी आएर घरको डोरबेल बजाएपछि डोरड्यास मार्फत खाना अडर गरेकी अर्कान्ससकी एक महिला सुरुमा सशंकित भइन । जब प्रहरीले डोर ड्यासको खाना भनेपछि ति महिना अचम्मित बनिन ।
उनले अर्डर गरेको अनलाइन खाना डेलिभरि ब्वाईको ठाउमा प्रहरीले लिएर आएका थिए । त्यही समयमा प्रहरी देखेर अत्तालिएकी महिलाले डराउनु पर्र्ने आवश्यक नभएको भन्दै डेलिभरी ब्वाई पक्राउ परेपछि आफैले खाना बोकेर ल्याईदिएको बताएका थिए । ति महिलाले पछि ति प्रहरीलाई धन्यवाद दिएकी थिइन ।
जोन्स ब्रो प्रहरी विभागका अनुसार डोरड्यासका खाना डेलिभरि गर्ने कर्मचारीले लार्पावाही तवरले सवारी चलाएर ट्राफिक नियम उल्ल्घन गरेर पक्राउ परेपछि टाइलर विलियम्स नामका प्रहरीले ग्राहकको खाना आफै बोकेर ढोका सम्म पुगेका थिए । प्रहरी विभागले आफनो फेसबुक पेजमा शेयर गरेको भिडियो फुटेज सबैतिर लोकप्रिय भएको छ।

अमेरिकाको अर्कान्ससमा एक महिनाले डोरड्यासबाट अनलाइन खाना अडर गरेकी थिइन ।

एजेन्सीकेा सहयेागमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected