अमेरिका– किरण गजमेर जसले माझिएको स्वरबाट फरक प्रस्तुति दिएर यतिबेला चर्चित रियालिटी शोमा लोकप्रियता हासिल गरेका छन् । किरण खास गरी द भ्वाइस अफ नेपालको ब्याइण्ड अडिसनमा देखेर तिमीलाई हेरेर तिमीलाई बोलको गीत गाएपछि एकाएक चर्चामा आएका थिए । ब्लाइन अडिसनबाट नै किणले आफनो स्वरको माधुर्य आम संगीतप्रेमी नेपाली माझ छरेर सबैको मनमा बसेका हुन । खास गरी नेपाली भाषी भुटनिज समुदायको प्रतिनिधित्व गर्ने किरणको स्वर देश तथा विदेशमा रहेका आम नेपालीको मनमा बस्न पुगेको छ ।
झण्डै १५ वर्ष अघि सपरिवार अमेरिका आएका किरणले यतिबेला नेपालमा द भ्वाइस अफ नेपालमा पुगेर संगीतको किरण छरिरहेका छन् । बाल्यकालमा अमेरिका आएका किरणले अमेरिकामा पनि विभिन्न सागीतिक प्रस्तुति दिदै आएका थिए । मिठो स्वर हुदा हुदै पनि चर्चामा नआएका किरणको उचाई अहिले भ्वाइस अफ नेपालले चुलाइ दिएको छ । यतिबेला किरणलाई द भ्वाइस अफ नेपालको उपाधी दिलाउन अमेरिकामा रहेका नेपाली भाषी भुटनिज समुदायले भोटका लागी अभियान चलाएका छन् । अहिले उनी भोटिङ राउन्डमा पुगेकाले सबैलाई भोटि गर्न नेपाली भाषी भुटनिज समुदायले सबै नेपालीलाई आव्हान गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected