अमेरिका– अमेरिकाको फलोरिडामा एक महिलालाई बच्चालाई कारमा छाडेर मुत्यु भएको अभियोगमा पक्राउ गरिएको छ ।
फलोरिडाकी ४३ वर्षिय पेरेज डोमिन्गो नामकी महिलाले दुई वर्षकी बालिका जोसलिन मारित्जा मेन्ड्जलाई झण्डै सात घन्टा कारमा छाडेर हिडेपछि मुत्यु भएको थियो । आरोपित महिलाले ति बालिकालाई डे केयरमा लिएर निस्केकी थिइन । डे केयर नुखेलपछि बालिकालाई आफनो घर लिएर गएकी थिइन । तर उनले बालिकालाई आफनो कारमा भुलेर घर भित्र छिरेकी थिइन । ३० डिग्री सेल्सियस भन्दा बढी तापक्रममा कार भित्र सिल्टबेल्ट लगाएको अवस्था रहेकी थिइन बालिका । कारमा भुलेर घर भित्र छिरेकी उनी सात घन्टापछि कारमा फर्कदा बालिकाको मुत्यु भइसकेको थियो ।
उनले बालिकाको मुत्यु भएपछि प्रहरीको आपतकालिन सेवामा फोन नगरी बालिकाकी आमालाई फोन गरेर घटना बारे जानकारी गराएकी थिइन । ति आरोपी महिलाले बालिकाको शब बोकेर उनको घरमा पुगेकी थिइन ।
एजेन्सीकेा सहयेागमा
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...