अमेरिका– लोक संस्कृति हामी नेपालीहरुको प्राण हो । यही लोकसंस्कृतिको जगेर्ना गर्ने उद्देश्यलले अमेरिकामा लोकदोहोरी कार्यक्रम सुरु भएको छ ।
नेपाली चलचित्रका युवा निर्देशक सुमन दाहालको संक्रियतामा केन्टकी राज्यको लेक्सिनटल सहरमा लोकदोहोरी सांगतिक कार्यक्रम लेक्सिनटल दोहोरी सुरु भएको हो ।
दोहोरीमा गायन तर्फ बिष्णु डुमे्रको नेतृत्वमा हिम कुवर, सन्दिप अर्याल , सिर्जना मरासिनी, नर्वदा खरेल, सिताराम अधिकारी कुष्माखर भट्टराई, कृष्ण पराजुली र श्याम पराजुली रहेका छन् ।
गायिका तर्फ आरती थापा, शर्मिला सुवेदी, सरस्वति पाण्डे, तुलसा सुवेदी बबिता अधिकारी, कल्पना अधिकारी, रुपा अर्याल, र मन्जु थापा रहेका छन् ।
बाद्यवाधनमा हार्मेनियाममा सनातन रेग्मी, गिटारमा कृष्ण राना, तबेललामा उद्धवराज उप्रेती र मादलमा गणेश खडका रहेका छन् ।
प्रत्येक हप्ताको शुक्रबार अनलाइन टिभी मार्फत दोहोरी कार्यक्रम दर्शक माझ ल्याउने कार्यक्रमका संयोजक युवा निर्दैशक सुमन दाहालले जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected