अमेरिका– अमेरिकाका एक टिकटक स्टारको एउटा मुभी थिएटरमा भएको गोलाबारीमा ज्यान गएको छ ।
क्यालिफोरर्नियाको एउठा मुभी थिएटरमा साथीसंग सिनेमा हेर्न गएका १९ वर्षिय टिकटक स्टार एन्थोनी बरहासको गोली लागेर ज्यान गएको हो । गोली हालेर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । थिएटरमा फरएवर पर्ज नामको सिनेमा देखाइएको थिएटर सिनेमा सकिएपछि नै उनिहरु माथि गोली प्रहार भएको थियो ।
उनी सगै सिनेमा हेर्न पुगेकी १८ वर्षिया उनको साथी रयली गुडरिचको पनि ज्यान गएको दक्षिण क्यालिफोर्निया प्रहरीले जनाएको छ ।
घटना विना कारण र अप्रत्यासित रुपमा घटेको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । २० वर्षिय जोसेफ जिमेनेजलाई गोली चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected