सागर अर्याल

टेक्सस-अमेरिकाको टेक्सासमा बस्दै आएका गुल्मेली युवा गायक
केशब काउछाको आवाजमा चिया कपैमा बोलको गीत सार्बजनिक भएको छ।
मिठो स्वरका धनि काउछा प्रबाशमा बसे ता पनि नेपाली गीत संगीतलाई माया गर्नु पर्दछ भन्ने मान्यता राख्दछन। सानै उमेरदेखि गायनमा रुचि राख्ने काउछा लजालु स्वभावका छन्।
गीतको म्युजिक भिडियोमा मोडल जिबेश गुरुङ्ग र रोशनी कार्की रहेका छन। पदम साधना कुलुन्गको शब्द रहेको गीतमा दिनेश लामाले संगीत भरेका छन् र संगीत संयोजन राजु कार्कीले गरेका छन्। युवा गाएक काउछालाई महिला स्वरमा सुस्मिता सिम्खडाले साथ दिएकि छिन। गीत टिकटकमा निकै हिट हुने देखिएको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected