अमेरिका-केही समय देखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् । यसै क्रममा दाहालले आफ्नो निर्देशनमा नयाँ गीत हेर्दा हेर्दै…को म्युजिक भिडियो अमेरिकामै छायाँकन गरेर शनिबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् ।

यो गीतलाई सुदन डोटेलले लेखेका हुन् । सरोज प्याकुरेलले संगीत गरेको यो गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् । जसमा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा भुवन लोहनी र रंजिता ढकालको अभिनय रहेको छ । मोडल भुवनको जन्मदिनको अबसर पारेर शनिबार यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई विकाश घले गुरुङले कोरियोग्राफी गरेका हुन् । जसमा पवन गौतमको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको ड्रोन, रेनिश फागोको कलरिङ रहेको छ । यो नृत्य प्रधान गीतमा भुवन र रंजिताको जोडीको अभिनय आकर्षक छ । निर्देशन सुमन दाहालले गीतको भाव अनुसारको भिडियो तयार गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected