अमेरिका– माया प्रेमले उमेर वर्ण तथा धनी गरिब केही हेदैन भन्ने गरिन्छ । त्यसका लागी भने निस्वार्थ माया महत्वपुर्ण हुन्छ ।
यस्तै यहा“ एक ४७ वर्षिय शिक्षक संग एक १९ वर्षिया युवतिको प्रेमको यहा“ चर्चा भइरहेको छ ।
अमेरिका निवासी ४७ वर्षिय जेरेमी प्रेक्टिको र बेल्जियमको ब्रसेल्समा बसोबास गर्ने १९ वर्षिया चार्लिन च्याल्टिन हुन । उनीहरु सामाजिक संजाल मार्फत जोडिएर प्रेममा परेका हुन । उनिहरुको फेसबुकको एउटा फ्यान पेजमा भेट भएका थिए । १९ वर्षिया चार्लि बेल्जियम छाडेर जेरेमीसंग बस्न अमेरिका आउन चाहन्छिन् । दुबैले एक साथ रहने वाचा समेत गरेका छन् । १९ वर्षिया चार्लि पढाइ छाडेर आफु भन्दा २८ वर्ष जेठा व्यक्तिको गहिरो प्रेममा परेकी हुन ।
एक वर्ष अघि कोरोना महामारीको दौरान लकडाउनको समयमा उनीहरु सामाजिक संजाल मार्फत नजिकिएर मायाप्रेममा फसेका थिए । आफनै बाबुको उमेरका जेरेमीका लागी १९ वर्षिया चार्लिले आफनो पढाई छाडन समेत तयार रहेकी छिन् ।
३५०० माइल दुरीमा रहेका उनीहरुले एक साथ जीवन बिताउने फैसला गरिसकेका छन् । जेरेमी ब्रसेल्स पुगेर आठ दिन चार्लि संगै बिताएर फर्केका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...