अमेरिका– अमेरिकामा आईतबार धुमधाम सहित जनैपुर्णिमा पर्व मनाएका छन् । नेपालीहरुको अधिक बसोबास रहेको न्युयोर्क, क्यालिफोर्निया, मेरिल्यान्ड, भर्जिनिया संगै टेक्ससमा नेपालीहरुले जनैपुर्णिमा मनाएका हुन ।
हरेक वर्ष अमेरिकामामा पञ्च्ँँङ्ग निर्णायक समितिले विवादित पात्रो निकालेर चाडपर्वमा अन्यौल सृजना गरिरहेको छ । यस पटक पनि शनिवार नै जनैपुर्णिमा भन्दै पात्रो निकाले पनि अधिकांश नेपाली समुदायले आईतबार नै जनपुर्णिमा मनाएका हुन ।
आईतबार टेक्ससको ड्यालस स्थित नेपाली मन्दिरमा नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अर्भिङको नेपाली मन्दिरमा आयोजीत कार्यक्रममा सहभागी हुन टेक्ससका विभिन्न भेगमा रहेका नेपालीहरु सहभागी हुन आएका थिए । चर्को गर्मिका बाबजुत पनि मन्दिर परिसर बाहिर देखि नै नेपाली धर्मालम्बीहरुको भीड देखिन्थ्यो । लाम लगाएर पण्डितहरु सग रक्षा बन्धन लगाउन नेपालीहरु उत्साहपुर्वक सहभागी रहेका थिए ।
मन्दिर परिसरमा जनै वितरण, रक्षा बन्धन तथा टिकाग्रहण गर्ने कार्यक्रम राखिएको थियो । नेपाल भन्दा अघिल्लो दिन चाडपर्व राखेर नेपाली समुदायलाई अन्यौलमा राख्दै आएकमो ड्यालसको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र विवादित बन्दै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected