अमेरिका– कोरोना भ्याक्सिन लगाइसकेका स्तनपान गराउने आमाहरुको दुधमा एन्टीबडीको मात्रले नवजात शिशुलाई कोरोना संक्रमणबाट बचाउन सक्ने छ ।
ब्रेस्टफिडिङ मेडिसिन पत्रिकामा प्रकाशित अध्ययन अनुसार कोरोना भ्याक्सिनले आमा तथा बच्चा दुबैलाई सुरक्षीत राख्ने बताइएको छ ।
अध्ययनका वरिष्ठ लेखक तथा अमेरिकाको फलोरिडा विश्वविद्यालयका असोसिएसट प्रोफेसर जोसफ लर्किनले अध्ययनमा स्तनपान गराउने आमाको दुधमा सार्स सिओव–२ को विरुद्ध एन्टीबडी महत्वपुर्ण रुपले बढने गर्छ । यसले के पृष्ठि गर्छ भने कोरोना भ्याक्सिन लगाइसकेका आमाबाट कोरोनाबाट शिशुलाई पनि प्रतिरक्षा गर्ने क्षमता राख्छ । स्तनपान गराउने आमाको दुधमा पाइने एन्टीबडीले जन्मिएका शिशुलाई पनि कोरोना संक्रमणबाट रोक्न सक्ने दाबी अध्ययनमा गरिएको छ ।
यो अध्ययन २०२० डिसेम्बर देखि मार्च २०२१ सम्म गरिएको थियो । जुन बेला पहिलो पटक फाइजर र मोर्डना भ्याक्सिन पहिलो पटक अमेरिकामा स्वास्थ्यकर्मिलाई उपलब्ध गराइएको थियो । अध्ययनमा क्रममा शोधकर्ताले स्तनपान गराउने २१ जना स्वास्थ्यकिर्ममा सामेल गराएका थिए । । भ्याक्सिन लगाएका महिलाहरुमा एन्टीबडीको मात्र पहिलाको तुनामा सय गुना बढी देखिएको अनुसँधानकर्ताले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected