अमेरिका– अमेरिकाको ओहायोमा नेपाली भाषी व्यवसायी नारायण रसाइलीको सुनपसल लुटपाट गर्ने लुटेराहरु अझै पक्राउ परेका छैनन ।
ग्राहकको रुपमा आएका ६ जनाको लुटेरा समुहले झण्डै एक लाख डलरको सुनको गहना लुटपाट गरेर फरार भएपनि अहिलेसम्म पक्राउ परेका छैनन ।
सिसिटिभी फुटेजबाट निकालिएको लुटेराको तस्विर हेर्दा सबै एशियन मुलका देखिन्छन् ।
गएको सोमबार नारायण रसाइलीको ज्वेलरी किङ बाट लुटेर फरार रहेको उनिहरु मगलबार केन्टकी लुईभिलमा हस्त राईले संचालन गरेको एशियन ग्रोसरी स्टोरमा राती ८.३० सपिङका लागी त्यहा पुगेका थिए । स्टोरमा काम गर्नेहरु पहिचान गरे पनि प्रहरीलाई खबर गर्न नसक्दा त्यहाबाट पनि फरार भएका थिए ।
केन्टकीमा लुटेराहरु पुगेको थाहा पाएपछि संचालक नारायण रसाइली पनि ड्राइभ गरेर कोलोम्बसबाट केन्टकी पुगेका थिए । तर लुटेराहरु फरार भइसकेकाले आफुले फेला पार्न नसकेको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected