अमेरिका– कोरोनाभाइरसको चपेटामा परेर ठिक भइसकेका कतिपयमा मृगौला रोगको समस्या देखिन थालेको छ ।
अमेरिकामा गरिएको एक अध्ययनमा कोरोनाभारसको दीर्घकालिन असर सगै कतिपयमा मृगौलाले काम गर्ने क्षमता पनि कमजोर हुदै गएको हो ।कोरोनाबाट सामान्य रुपमा संक्रमित हुनेहरुमा पनि यो प्रकारको समस्या देखिएको अध्ययनले देखाएकेा छ ।
अमेरिकाको बासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताका अनुसार कोरोनाबाट संक्रमित हुनेहरुमा मृगौला खराबीको समस्या बढी देखिएको हो । यो संगै मृगौला रोगको थप जोखिम पनि बढन सक्ने बताइएको छ । यो अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीको अध्ययनमा यो प्रकाशित भएको छ ।
बासिङटन युनिभर्सिटीका सहायक प्रोफेसर जियाद अल अलीले अध्ययनको नतिजा अनुसार पनि कोरोना पीडितको उपचारमा जुटेका चिकित्सकहरुले पीडितको मृगौलाको कार्यक्षमता पनि जाच गर्नुपर्ने बताए । जाच गरेर उपचार गरिएको खण्डमा धेरैलाई यो खतराबाट बचाउन सकिने अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ताले यो २०२० मार्च एक देखि २०२१ मार्च १५ सम्म १७ लाख भन्दा बढी स्वस्थ तथा कोरोना पीडित व्यक्तिहरुको तथ्याङक संकलन गरेर अध्ययनको नतिजा बाहिर ल्याएका हुन । मृगौलाको अधिक खतरा आइसियुमा भर्ना हुने बिरामीमा अधिक पाइएको अध्ययनमा उल्लेख गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected