अमेरिका– पुल पार्टि र समुन्द्रको छेउछाउमा बिकीनी पहिरन लगाउनु सामान्य हो । तर अमेरिकाको मियामी विमानस्थलमा एक महिला विकिनी लगाएर पुगिन ।
सामाजिक संजालमा भाइरल समेत भएको भिडियोमा महिलाले बिकीनी लगाएकी छिन् र कोरोनाबाट बच्न मास्क लगाएकी छिन् । उनलाई देखेर विमानस्थल परिसरमा सबै छक्क परेका छन् । विकीनी लगाएर विमानस्थल पुगेकी यी महिलाको भिडियो इन्स्ट्रागाममा भाइरल भएको हो । भिडियो हयुमन्स अफ स्प्रीट एयरलायन्स नामको पेजबाट शेयर भएको हो ।
कुनै बिकिनी मोडलको रुपमा ति महिला विमानस्थलमा देखिएकी छिन् ।
एयरलायन्सले भने यस बारेमा केही बताएको छैन । यदि महिलाले बिकीनीमा उडान भरेकी रहिछन् भने त्यो एयरलायन्सको नियमको उल्लघन गरेको ठहरिन्छ । यस्तो प्रकारको पहिरन लगाएर यात्रा गर्नेलाई एयरलायन्सले रोक्न पनि सक्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected