अमेरिका–शाहाकारी भोजन गर्नेहरुमा कोरोना संक्रमणको खतरा कम पाइएको छ । मांसहारीको तुलनामा शाहाकारी भोजन गर्नेहरुमा कोरोनासंक्रमण घातक हुने संभावना पनि कम पाइएको छ । अमेरिकामा गरिएको एउटा अध्ययनमा यो बाहिर आएको हो । तर डायबिटिज र गंभीर प्रकृतिका बिरामीमा भने यो अध्ययन गरिएको छैन ।
म्यासाचुसेटस जनरल अस्पतालले यो अध्ययन गरेको हो । यसको रिपोर्ट जर्नल गटमा प्रकाशित भएको छ । अध्ययनमा स्वस्थकर शाहाकारी भोजन गर्नेहरुमा कोरोना महामारी कम गर्न सहयोग गर्न सक्छ ।
अध्ययन टोलीले ५ लाख ९२ हजार ५७१ जनामा अमेरिका तथा बेलायतमा २०२० मार्च २४ देखि २०२० डिसेम्बर २ सम्म अध्ययन गरेको थियो ।
अध्ययनमा यस्ता व्यक्ति पनि सामेल थिए जो शाहाकारी थिएन तथा फलफुल, तरकारी , दाल बारम्बर प्रयोग गर्थे ।
अध्ययनमा ३१ हजार ८ सय ३१ जनामा कोभिड–१९ संक्रमित पाइएका थिए । जसमा राम्रो आहार लिनेमा शंक्रमणको खतरा ९ प्रतिशत कम थियो । जो संक्रमित थिए उनमा रोगबाट गंभीर हुनेमा ४१ प्रतिशत जोखिम कम थियो ।
अध्ययन टोलीका एन्ड्रयु चानले खानपीनमा सुधार गर्न सके पनि महामारीको असरलाई कम गर्न सकिने बताए ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...