अमेरिकाको सानफ्रान्सिस्को विश्वकै पहिलो उत्कृष्ठ सुन्दर सहरको सुचीमा

अमेरिका– अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिसको विश्वकै उत्कृष्ठ सुन्दर सहरको पहिलो नम्बरमा सुचिकृत भएको छ ।
टाइम आउट गाइड बुककेा वर्षको सुन्दर सहरको उत्कृष्ठ ३७ सहरहरुको सुचीमा सानफ्रान्सिसको उत्कृष्ट सुन्दर सहरको सुचीमा पहिलोमा परेको हो ।
सुन्दर दृश्य, खानपीन तथा नाइट लाइफका लागी सानफ्रान्सिको विश्वकै उत्कृष्ठ सहरमा परेको हो ।
रातो रंगको पुल, राम्रा रेष्टुरा तथा टेक इन्ड्रस्टीका लागी पनि अमेरिकाको सानफ्रान्सिको विश्वमै प्रख्यात मानिन्छ ।
साफ्रान्सिस्को क्यालिफोर्नियाको चौथौ बढी आवादी भएको सहर पनि हो । अमेरिकाको १२ औ सबैभन्दा बढी आवादी बसोबास गर्ने सहरको रुपमा चिनिन्छ ।
यस्तै नेदरल्यान्डको आमस्टर्डम दोस्रो , इगलेन्डको म्यानसेस्टर तेस्रो , डेनमार्कको कोपनहेगन चौथो र अमेरिकाकै न्युयोर्क पा“चौ उत्कृष्ठ सहरको सुचीमा परेको छ ।
कोरोना महामारीका दौरान सामुदायिक भावना, सहरी माहौल, पर्यावरण र मानिसहरुको व्यवहार लगायतलाई लिएर २७ हजार मानिसहरु संग राय लिएर यो विश्वकै उत्कृष्ठ सहरको सुची निकालिएको हो ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...