अमेरिका– कोरोना संक्रमण रोकथाममा कोरोना विरुद्धको भ्याक्सिन सफल सिद्ध भइरहेको छ ।
भ्याक्सिन लगाएपछि गंभीर संक्रमण तथा मुत्युको खतरा पनि कम देखिएको हो । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले तीन वटा अध्ययनको नतिजा सार्र्वजनिक गदै कोरोना विरुद्ध लडन भ्याक्सिन लगाउन जोड दिएको छ ।
सिडिसीको अध्यनमा भ्याक्सिन नलगाउनेहरुमा कोरोनाको जोखिम उच्च पाइएको छ । उनिहरुको मुत्युको खतरा पनि एघार गुना धेरै देखिएको छ । तीनवटै अध्ययन अमेरिकामा गरिएको हो । अध्ययन गत महिनाको अप्रिल देखि जुलाईको दौरान १३ वटा राज्यमा कोरोनाको ६० हजार भन्दा बढी सक्रमणलाई लिएर गरिएको थियो । कोरोना भ्याक्सिन लगाउनेको तुलनामा नलगाउनेहरुमा कोराना संक्रमणको खतरा चार गुणा भन्दा बढी पाइएको हो ।
अस्पताल भर्ना हुने पनि दस गुना बढी
यस्तै कोरोना पीडितहरुमा अस्पतालमा भर्ना हुने जोखिम पनि दस गुना बढी पाइएको थियो । जबकी मुत्यु हुने संख्या एघार गुना बढी पाइयो । भ्याक्सिन लगाएपछि ६५ वर्ष भन्दा माथिका उमेर समुहमा पनि अस्पताल भर्ना हुने संख्या पनि ८० प्रतिशत कम पाइएको छ । जबकी १८ देखि ६४ वर्ष उमेरका व्यक्तिमा यो खतरा ९५ प्रतिशत कम देखियो ।
सिडिसीका निर्देशक रोशेल वालेन्सकीले अध्ययनको नतिजाले कोरोना भ्याक्सिनले राम्रोक काम गरेको प्रष्ट भएको दाबी गरेका छन् । यसैले उनले सबैलाई कोरोना विरुद्धको भ्याक्सिन लगाएर जोखिम कम गर्न आव्हान समेत गरेका छन् ।
(यो सिडिसीको अध्ययनमा आधारित समाचार हो )
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...