अमेरिकामा अक्टोबरमा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना भ्याक्सिन आउने
अमेरिका– अमेरिकामा कोरोनाको भाइरसको डेल्टा भेरियन्ट प्रकोप रफतारमा बढेको छ । यसैलाई मध्यनजर राखेर अमेरिकामा आउदो अक्टोबर महिनामा ५ देखि ११ वर्ष उमेरकाका बालबालिकाका लागी पनि कोरोना भ्याक्सिन आउने संभावना बढेको छ । फाइजर भ्याक्सिन बालबालिका का लागी तयार हुने प्रकृयामा रहेको छ ।
अमेरिकाको एउटा मिडिया रिपोर्टका अनुसार डेल्ट भेरियन्टको प्रकोप बीच ११ वर्ष भन्दा कम उमेरका बालबालिका का लागी पनि कोरोना भ्याक्सिन अक्टोबर महिनाको अन्तसम्म आउने संभावना देखिएको हो ।
न्युयोर्क टाइम्सको एउटा रिपोर्ट अनुसार स्वास्थय विज्ञहरुलाई आधार मान्दै ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकाका लागी कोरोना भ्याक्सिन अक्टोबर महिनाको अन्तम सम्ममा आउन सक्ने बताइएको छ । अहिलेसम्म कोरोना भ्याक्सिन १२ वर्ष उमेर भन्दा माथिका बालबालिकालाई मात्र उपलब्ध छ । त्यो भन्दा कम उमेरका बालबालिकालाई भ्याक्सिन आएको खण्डमा अभिभावकले पनि राहतको अनुभव गर्न सक्नेछन् ।
भ्याक्सिने बालबालिकामा गंभीर बिमारी अस्पताल भर्ना हुने र मुत्युको संभावना पनि कम देखिएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...