अमेरिका– रिसमा मान्छेले सही या गलत के हो छुटयाउन सक्दैन । थोरै समयको रिसले मान्छेले ठुलो गल्ती गर्न पुग्छ । यस्तै एउटा गल्तीले अमेरिकाका यी व्यक्तिले गरेका छन् । अमेरिकामा आफनै दुई वर्षिया नाबालिका छोरीलाई वासिङमेसिनमा हालेर ज्यान लिने खोजेका आरोपमा प्रहरीले एक पितालाई पक्राउ गरेको छ ।
अमेरिकाको न्यु हेम्सपायरका ३४ वर्षिय माइकल हिगिन्सलाई प्रहरीले पक्राउ गरेको हो ।
आफनै श्रीमति संग झगडा भएपछि रिसको झोकमा उनले छोरीलाई बासिङमेसिनमा हालेर स्वीच अन गरेका थिए । नाबालिकाकी आमाले समयमा स्वीच अफ गरेकाले बालिकालाई केही हुन पाएन । बालिकालाई मेसिनबाट बाहिर निकालिएको थियो । बालिकालाई खासै धेरै चोट नलागे पनि उनलाई अस्पताल भर्ना गरिएको थियो । प्रहरीले माइकल माथि बालिकाको ज्यान लिन खोेजेको भन्दै अपराधिक कृयाकलाप गरेको आरोपमा मुद्धा दायर गरेको न्युयोर्क पोष्टले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected