अमेरिका– अमेरिकाको टेक्ससमा कोरोना संक्रमणबाट ज्यान गुमाउने सबै भन्दा कम उमेरकी एक चार वर्षिया रहेकी छिन् ।
कोरोना महामारी सुरु भएता सबै भन्दा कम उमेरमा ज्यान गुमाउने टेक्ससकी ४ वर्षिया बालिका काली कुक हुन । यसै साता टेक्ससको ग्यालमेस्टन काउन्टीकी यी बालिकाले लक्षण देखिएको केही घन्टामा सुतेको अवस्थामा मुत्यु भएको थियो ।
अमेरिकी संचारमाध्यम द डेली न्युजका अनुसार उनकी आमाले कोरोना विरुद्धको भ्याक्सिन लगाएकी थिइनन । उनको परिवार भ्याक्सिनको विरुद्धमा थिए । परिवारबाट बालिकामा कोरोना संक्रमण भयो र डेल्टा भेरिउन्टकै कारण ति बालिकाले ज्यान गुमाउन पुगिन ।
आमा कारा हारउड आफु संक्रमीत भएपछि आइसोलेसनमा बसेकी थिइन र आफना चार बच्चीलाई टाढा राखेकी थिइन । तर चार वर्षिया बालिका काली कुक संक्रमीत भइन र केही घन्टामै ज्यान गुमाइन ।
आमा कारा हारउडका अनुसार राती बालिकालाई अचानक ज्वरो आयो र औषधी पनि दिइन । तर जब बिहान उनलाई उठाउन खोजियो तर उनी उठिनन । निद्रामा नै उनले दम तोडीसकेकी रहिछन् । उनलाई कोरोनाको लक्षण पनि देखिएको थिएन । तर पछि उनमा कोरोना संक्रमणबाटै मुत्यु भएको पृष्ठि भएको थियो ।
पछिल्लो एक सातामा अमेरिकामा दस वर्ष भन्दा कम उमेरका २४ जना बालबालिकाको कोरोना संक्रमणबाट ज्यान गएको तथ्याङक सार्वजनिक भएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...