अमेरिका– कुनै पनि जोडीका लागी विवाहको दिन विशेष हुने गर्छ । तर अमेरिकामा भएको एउटा विवाह समारोह जोडीका लागी मात्र नभई पाहुना आएकाहरुका लागी पनि नमिठो याद बनेको छ ।
अमेरिकाको मेरिल्यान्डमा विवाहको रग नै फिका भयो जब जब दुल्ही नै दुल्हा छाडेर पुर्व प्रेमीसंग विवाह स्थलबाट भागिन ।
२४ वर्षिया सियरिया आफनो २८ वर्षिय प्रेमी साम संग विवाह बन्धनमा बाधिदै थिइन । उनिहरु दुबै लामो समय देखि रिलेसनसिपमा पनि थिए । लामो समय पछि नै उनिहरुले रिलेसनसिपलाई विवाहमा परिणत गर्न लागेका थिए । तर विवाहको दिन जब प्रेमी अर्थात दुल्हा रक्सीको नसामा विवाह समारोहमा आइपुगे तब दुल्ही सियरियाको मुड खराब भयो । तुरुन्तै उनले उनको मुड बदलियो र सामसंग विवाह नगर्ने निर्णयमा पुगिन ।
विवाह समारोहमै रहेका उनका पुर्व प्रेमी कायलीले सियरियालाई सम्झाउदै अब उनिसंग विवाह गर्न नहुने बताए र आफुसंग भाग्न सल्लाह दिए । सियरियालाई पनि उनको कुरा ठिक लाग्यो र उनी दुल्हा छाडेर पुर्व प्रेमीसंग विवाह स्थलबाट भागिन ।
यो घटना अमेरिकी एक टिबी शो मार्फत सार्वजनिक भएको डेलि स्टारको रिपोर्टमा उल्लेख गरिएको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected