विना अनुमति बालिकाको कपाल काटेपछि परिवारद्धारा स्कुल विरुद्ध मुद्धा दायर
अमेरिका– अमेरिको मिसिगनमा स्कुलमा शिक्षकले परिवारको अनुमति विना बालिको कपाल काटि दिएका छन् ।
शिक्षकको यो हरकतबाट रिस थाम्न नसकेका बाबुआमाले स्कुल विरुद्ध दस लाख डलर बराबरको क्षतिपुर्ति माग गदै मुद्धा दायर गरेका छन् । सात वर्षिया जर्निका बाबु आमाले स्कुल डिस्ट्रीक, लाइबे्ररियन तथा शिक्षक विरुद्ध मुद्धा दायर गरेका हुन । बालिका पढने माउन्ट प्लेजेन्ट पब्लिक स्कुल विरुद्ध फेडरल कोर्टमा मुद्धा परेको छ ।
जर्निका पिता अश्वेत र आमा श्वेत हुन । कपाल काटिदिने शिक्षक श्वेत हुन । बालिकाका पिताले संवैधानिक अधिकारीको उल्लघन, नस्लीय भेदभाव, आत्मसम्मानमा चोट पुराएको आरोप लगाएका छन् । तर स्कुलले भने कुनै हानी गर्ने सोचले नभई राम्रो उद्देश्यले कपाल काटिएको प्रष्टीकरण दिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...