अमेरिका– कोरोना महामारीका कारण अमेरिकाको क्यालिफोर्नियामा रहेको संसारकै ठुलो नाइट क्लब बन्द भएको छ ।
क्यालिफोर्नियाको साल राफेलमा रहेको सुपरक्लब प्रिविलेज कोरोनामहामारी सुरु भए यता २० महिना देखि सुनसान छ । कोरोना सुरु हुनु अघि यो क्लबमा एकै रातमा १० हजार भन्दा बढी पार्टि पारखीहरु क्लबमा रमाउन आउथे ।
कोरोना सुरु हुनु अघि तामझाम देखिने संसारकै ठुलो नाइट क्लब अहिले सुनसान छ । भौतिक पुर्वाधार पनि भग्नावशेष जस्तै देखिएका छन् । क्लब परिसर खण्डहरमा परिणत भएको छ । संसारकै धनी मान्छेहरु यो क्लबमा पार्टिमा रमाउन आउने गर्थे । यो क्लबमा रमाउन म्याडोना देखि विश्वका चर्चित सेलिब्रेटी आउने गरेका थिए ।
अमेरिकामा २० महिना देखि फैलिएको कोरोना महामारीले गर्दा यो नाइट बन्द हुदा ठुलो आर्थिक मन्दी खेपेको छ । फेरि पहिलाकै अवस्थामा आउन समय लाग्नेछ । झण्डै ७० हजार स्क्वायर फिटमा यो नाइट क्लब फैलिएको छ ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...