टेक्ससका र्यापर गायककाे नेपाल सरकारलाई चुनाैती

चुपचुप अव चुप
आउने भयो सरकार अव सबैजना झुक….।
अमेरिकाको टेक्ससमा बसोबास गर्ने र्यापर प्रोस्टेन उर्फ प्रशान्त पराजुलीले कलाकार समातिएको घटनालाई लिएर व्यग्यात्मक गीत निकालेका छन् । उनले चर्चित र्यापर भिटेन समातिको घटनालाई लिएर नेपाल सरकारलाई चुनौती दिदै यस्ताे गीत निकालेका हुन ।
भिटेन समातिए लगत्तै उनले यो गीत निकालेका हुन । अब कलाकारहरु सबै चुप लाग्नु पर्ने भएको छ । भ्रष्टाचार र बलात्कारीलाई कारमा हिडाएर कलाकारलाई समातेर जेल हाल्ने नेपाल सरकारलाई खबरदारी गरेका छन् ।
उनले गीतमा यो गणतन्त्र नभएर मुख बन्द गरेर हिडनु पर्ने राणतन्त्र भन्दा बढी तानशाही भएको सरकारलाई गीतबाट उछिटो काडेका छन् । अधिकार केही छैन कस्तो गणतन्त्र भन्दै उनले गीतमा आक्रोस पोखेका छन् । जुवातास रोक, समाजका विकृति रोक सक्छ भने हैन भने कलाकारलाई समातेर तमासा नदेखाउन सरकारलाई कडा रुपमा चुनौती दिएका छन् । नेपालको सरकारको चर्तिकलाको उनले ठाडै बिरोध गरेका छन् । अब सरकार आएको छ, सबैले मुख बन्द गनु पर्ने बेला भएको उनले बताए ।
उनले सरकार ढाल्ने शक्ति हिपपमा भएको भन्दै उनले नेपाल सरकारदलाई खबरदार गदै सरकारलाई कलाकारहरुको सम्मान गर्न आग्रह गरेका छन् । यस अघि आधा दर्जन हिपप गीत निकालेका ¥यापर प्रोस्टेन पछिल्लो क्रममा टेक्ससमा लोकप्रिय भइरहेका छन् । उनले २०२० को सुरुवात संगै आफनो हिपपको एल्बम समेत बजारमा ल्याउने तयारी गरको छन् ।
गीतकाे लिंक तल छ