अमेरिका– अमेरिकाको न्यु मेक्सिको स्थित व्हाइट सेन्ड नेशनल पार्कमा २३ हजार वर्ष पुरानो मानव पैतलाको चिन्ह फेला परेको छ ।
अमेरिकाको साइन्स पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार यो पदचिन्ह धेरै पहिला सुकीसकेको झिलको किनारको माटोमा भेटिएको हो । तिनमा अधिकांश बच्चा र किशोर उमेरका पैतलाको चिन्ह धेरै रहेको छ ।
पुरात्वविदहरुका अनुसार पुरा पाषणकालमा मानिसको जीवन कस्तो थियो भन्ने बारेमा अनुसन्धानमा यसले सहयोग पुग्नेछ । व्हाइट सेन्ड नेशनल पार्कको माटोमा यो चिन्ह भेटिएको हो ।
अमेरिकी जियोलाजिकल सर्वेका विशेषज्ञले रेडियोकार्बन डेटिङको सहायतबाट गरिएको अध्ययनमा यो झण्डै दुई हजार वर्ष अघि पैतलाको चिन्ह बनेको हुन सक्ने बताइएको छ । यो मध्ये सबैभन्दा पुरानो चिन्ह २३ हजार वर्ष पहिलाको हो ।
उक्त समयमा अमेरिकाको धेरै जसो हिस्सा हिउले ढाकेको थियो तथा समुन्द्र सतह आजको तुलनामा ४ सय फिट कम थियो । यसलाई एउटा ठुलो उपलब्धीको रुपमा हेरिएको छ । यसले मानव विकासको अध्ययनमा फाइदा पुग्ने विशेषज्ञहरुले बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected