अमेरिका– अमेरिकाको न्युयोर्कमा सम्पन्न मिस नेपाल युएस, २०२१ को ताज प्रतिक्षा शुक्लाले पहिरिएकी छिन् ।
दस जना आफना प्रतिस्पर्धीलाई पछि पादै क्लोराडो निवासी उनले ताज आफनो भागमा पारेकी हुन ।

प्रतियोगितामा कला न्यौपाने फस्ट रनर अप, अलिशा लिम्बु सेकेण्ड रनर अप भए ।
न्युयोर्कको क्विन्स थिएटरमा भएको प्रतियोगिताको निर्णायकहरुमा पुर्व सिएनएन पत्रकार किरण क्षेत्री, सामाजिक अभियान्त डा विष्णुमाया परियार, पुर्व मिस नेपाल अमेरिका २०१३ की विजेता बर्तिका राई तथा व्यवसायी सुर्य श्रेष्ठ महर्जन रहेका थिए ।
सन् २०११ म सुरु भएको मिस नेपाल युएस प्रतियोगितामा २०११ म सुजिता बस्नेत, २०१२ मा आस्था श्रेष्ठ, २०१३ मा बर्तिका राई, २०१४ मा डा खुस्बु मिश्र, २०१५ मा प्रियंका थपलिया, २०१८ मा दिलाशा न्यौपाने र २०१९ मा सुरभी खनालले उपाधी जितेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected