अमेरिका– अमेरिकाको कनिक्टकटमा एक २५ वर्षिय युवालाई आफनो पुर्व प्रेमिकाको बिभत्स हत्या गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ ।
हत्याको अभियोगमा ३० वर्षिय पुर्व प्रेमी जेवियर ड सिल्वा रोजासले बदलाको भावना राखी आफनी पुर्व प्रेमिकाको हत्या गरेको ठहर गदै हालै मात्रै अदालतले यस्तो सजाय सुनाएको हो ।
डेली मेलको रिपोर्ट अनुसार पुर्व प्रेमी जेवियर प्रेमिको घर गएको बेला उनिहरुको झगडा भएको थियो । झगडा कुटपीटमा बदलिन पुग्यो । कुटपीटबाट प्रेमिकाको टाउकोमा गंभीर चोट लगेको थियो ।
घाइते भएकी उनको मुखमा टेपले बाधेर जिउदै उनलाइृ सुटेकशमा हालेका थिए । सुटकेशलाइृ कार भित्र हालेर दस माइल ड्राइभ गरेर एक जंगलमा लगेर सुटकेश फालेका थिए ।
घटनाको दुईदिनपछि उनी बारे केही पत्ता नचलेपछि परिवारले खोजी गरेको थियो । खोजीपछि उनको शब भेटियो र अनुसन्धानका क्रममा जेवियर पक्राउ परेका थिए ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...