अमेरिका– संसारकै सबैभन्दा आलिसान घर अमेरिकाको बेल एयर क्यालिफोर्नियामा रहेको छ ।
जुन घर अब केही दिनमा लिलामीमा बिक्री हुदैछ ।
द सनको रिपोर्ट अनुसार क्यालिफोर्नियाको पहाडी इलाकामा रहेको उक्त घरको नाम द वान हो । दस हजार वर्ग फिटमा फैलिएको घरमा २१ आलिशान बेडरुम, चार वटा स्वीमिङ पुल, ४५ सिटको सिनेमा हल, ३० वटा कार अटने ग्यारेज,इन्डोर स्पा, दौडनका लागी रनिङ टे«क तथा ब्युटी सैलुन लगायतका सबै सुविधा घरमा रहेको छ ।

यो घरको छिमेकमा हलिउड स्टार जेनिफर एनिस्टन तथा टेस्लाका मालिक एलन मस्क रहेका छन् ।
रिपोर्ट अनुसार यदि कसैले यो घर किन्न चाहन्छन् भने ५ सय मिलियन डलर बुझाउनु पर्छ ।
यो घरको मालिकको १६५ मिलियन डलर ऋण रहेको छ । यसलाई चुक्ता गर्न केही सस्तोमा पनि घर बेच्न सक्ने बताइएको छ ।
यो घर बनाउन पुरा सात वर्ष लागेको थियो । यो घर अमेरिकी अर्बपति केन ग्रिफिनले किन्ने अनुमान गरिएको छ । उनले यस अघि न्युयोर्कको म्यानहटनमा २३८ मिलियन बुझाएर पेन्टहाउस किनेका थिए । यो अमेरिकाको अहिलेसम्मकै महंगो घर मानिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected