सुन्दरता संगै क्षमताको मापन गर्न बेल्जियमको ब्रसेल्समा मिस नेपाल युरोप आयोजना हुने भएको छ ।
आगामी जनवरीमा हुन प्रतियोगिताका लागी मिस नेपाल आयोजना गदै आएको हिडेन टे«जरसंग सम्झौता समेत गरेको छ । ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापा र हिडेन टे«जरका दिवाकर राजकर्णिकारबीच प्रतियोगिता सम्पन्न गर्न सम्झौता समेत भएको हो । सम्झौता अनुसार मिस नेपाल युरोपको ताज जित्नेले मिस नेपालको फाइनल चरणमा सिधै प्रवेश पाउने थापाले जानकारी दिइन ।

यसरी आयोजना हुने प्रतियोगिताका लागी युरोपका विभिन्न सहरमा धमाधम अडिसन समेत भइरहेको छ । युरोपमा बसोबास गदै आएका नेपाली युवतिहरुलाई लक्षित गरी आयोजना हुन लागेको प्रतियोगितामा विजेताले ताज संगै आकर्षक पुरस्कार पनि जित्नेछन् ।
प्रतियोगिताको उपाधी जित्नेले नेपाल भ्रमण वर्ष–२०२० को सदभावना दुत समेत बनाइने ड्रिम्स नेपालकी अध्यक्ष थापाले बताइन । मिस नेपाल युरोपको प्रचारप्रसार र तयारीका लागी यतिबेला थापा नेपालमा छिन् । प्रतियोगितामा सहभागीहरुलाई बन्द सत्रमा विभिन्न विषयका विज्ञहरु द्धारा प्रशिक्षण समेत प्रदान गरिने जनाइएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected