अमेरिका– अमेरिकी शोधकर्तालाई मोटोपना बढनुका कारण पत्ता लगाउनमा ठुलो सफलता मिलेको छ । उनिहरुले यस्तो १४ वटा जीनको खोजी गरे जसको माध्यमबाट मोटोपना बढेको छ । उनिहरुले मोटोपनबाट तौल बढने तीन वटा जीनको समेत पे पहिचान गरेका छन् । यो जीन हदयरोग तथा डायबिटिज जस्ता रोगका लागी समेत जिम्मेबार समेत मानिएको छ ।
पीएलओएस जेनेटिक्स पत्रिकामा अध्ययनको नतिजा प्रकाशित भएको छ ।
शोधकर्ताका अनुसार सुगरका साथ उच्च क्यालोरी दिने आहाराका कारण मोटोपनले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । मोटोपन बढनुमा सुस्त जीवनशैलीको अंहम भुमिका रहेको शोधकर्ताले बताएका छन् । हाम्रो शरीरमा भोजन खपत गर्नमा जीनको समेत महत्वपुर्ण भुमिका रहेको छ ।
अमेरिकाको भर्जिनिया युनिभर्सिटीको कलेज अफ आर्टस एन्ड साइन्सका शोधकर्ता एलिन ओरु लगायतले यसको अध्ययन गरेका हुन ।
खराब दिनचर्या गलत खानपीन तथा तनावपुर्व जिन्दगी संगै मोटोपना र डाइभिटिज बढीरहेको छ।
खास गरी कोरोना महामारीको दौरान मोटोपना तथा डाइभिटिजका बिरामी तिव्र रुपमा बढेका छन् ।
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...