शिव शर्मा/टेक्सस

कस्तो रहर थियो नि यो मनमा
के सोचेको के भयो जीवनमा
झिलझिल सितारा
परदेशी हुनाले भइयो बितारा

चर्चित लोकगायिका हरिदेवी कोइराला संगै दोहोरी गायक पुरुषोत्तम न्यौपानेले गाएको यो यो गीत कालजयी छ । परदेशीको पीडा समेटिएको यो गीतका गायक यतिबेला दशैमा घरपरिवार छाडेर अमेरिकामा परदेशीलाई यी यस्तै आफनो लोकप्रिय गीतले मनोरञ्जन दिन र नचाउन लागी परेका छन् । यसपालीको दशै उनले अमेरिकाका नेपालीहरुसंगै मनाउने छन् ।
झण्डै एक महिना अघि अमेरिका आएका चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने यतिबेला अमेरिकाका नेपालीहरुलाई नचाउदै आफनो सांगीतिक प्रस्तुती दिइरहेका छन् ।

गायक न्यौपानेले आफनो पहिलो अमेरिकाको सांगीतिक प्रस्तुती बाल्टीमोरमा दिएका थिए । सगरमाथा सांगीतिक साझ नामक कार्यक्रममा उनले बालटीमोरमा रहेका प्रवासी नेपालीहरुलाई आफुसंगै नचाएका थिए । बाल्टीमोरमा बटर चिकेन रेष्टुरेन्टमा उदय भट्टराईले गरेको कार्यक्रममा पनि गायक न्यौपानेले आफनो चर्चित गीत गाएर मनोरञ्जन दिएका थिए ।
नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्ससमा डयालसमा पनि उनको कार्यक्रम सकिएको छ । एभरेष्ट लायन्स क्लब टेक्ससको पहलमा उनी यहा“ आएका थिए । कार्यक्रमको संयोजन क्लबका राधाकृष्ण काफलले गरेका थिए । त्यस्तै गायक न्यौपानेले प्रवासी मञ्चले आयोजना गरेको कार्यक्रम देखि अन्य केही कायक्रममा आफनो सांगीतक प्रस्तुती दिएका थिए ।
बाल्टीमोर र टेक्सस पछि उनी केन्टकी, क्यालिफोर्निया, शिकागो , न्युयोर्क, न्युहेम्सपायर, क्लोराडो लगायतका नेपालीहरु बसोबास रहेका राज्यहरुमा दशै विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । यतिबेला उनलाई अमेरिकामा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न भ्याइनभ्याइ रहेको छ ।

झण्डै डेढ महिनाको अमेरिका बसाईमा गायक न्यौपानेले आफनो लोकप्रिय गीत गाएर अमेरिकाका नेपालीलाई मनोरञ्जन प्रदान गर्नेछन् । यस अघि २०१७ र २०१८ मा पनि गायक न्यौपाने अमेरिका आएका थिए ।

२०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका न्यौपानेका फुलको बासना, ऐना हेरेर, झिलझिल सितारा, मिर्मि मुनी काली थुनेको, सरर पानी घट्टामा, ढुंगे धारामा, पुर्वमा झयाल राखे, घाम जस्तो चम्किलो, आज मुग्लिङ झरौ, मत हिडे पोखरा, कुर्ता सुरुवाल लाउदा त, रुन्छ नि मन किन रुदैन लगायत दर्जनौ गीत कणप्रिय छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected