अमेरिकामा अपराध नै नगरी ३७ वर्ष जेलभित्र

अमेरिका– यदि अपराधीले अपराध गर्छ भने उसलाई सजाय दिइनुपर्छ । तर यहा“ अमेरिकामा एक जना व्यक्ति विना अपराध झण्डै ४० वर्ष जेल भित्र बिताउनु प¥यो ।
अमेरिकाका यी ५६ वर्षिय रोबर्ट डुबोइस लाई सन् १९८३ मा १९ वर्षिया बारबरा ग्राम्स नामक की युवतिलाक्ष्ए ज्ञं बलात्कार तथा हत्या गरेको भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । उनले अपराध नै नगरी यो समय जेलमा बिताउनु प¥यो ।
अहिले फलोरिडाको एउटा अदालतबाट निर्देाष सावित भएर रिहा भए लगत्तै उनले पुर्व पुलिस अधिकारी तथा डेन्टिस्ट डाक्टर विरुद्ध मुद्धा दायर गरेका छन् । उनलाई हत्या तथा बलात्कारको मामलामा झुठो प्रमाण पेश गरेर गलत तवरले फसाएका थिए । अघिल्लो वर्ष डिएनए टेष्टका क्रममा उनले उक्त महिलाको हत्या नगरेको पुष्ठि भएको थियो ।
समाचार एजेन्सीको एक रिपोर्ट अनुसार फेडरल कोर्टमा उनलाई फसाउने एक पुर्व प्रहरी अधिकारी तथा एक डाक्टर विरुद्ध मुद्धा दायर गरिएको छ ।
हत्या गरिएकी महिलाको शब १९ अगष्ट १९८३ मा टेम्पामा एउटा डेन्टल क्लिनिकको बाहिर भेटिएको थियो । जाचका क्रममा १९ वर्षिया ग्राम्सलाई बलात्कारपछि निर्धात कुटपीट गरिएको थियो । उनको गालामा काटिएको चिन्ह भेटिएको थियो । जाचका क्रममा महिलाको गालामा भएको दातको चिन्ह रोबर्ट डुबोइस सग मेल खाएको भन्दै फसाइएको थियो । यसैलाई आधार बनाएर उनलाई दोषी करार गरेर जेल पठाइएको थियो ।
फलोरिडाको संसदमा यो मुद्धालाई लिएर विल पेश भएको छ । यदि संसदमा यो बिल पास भयो भने उनलाई गलत तवरले जेल राखेको क्षतिपुर्ति स्वरुप एक दशमलव ८५ मिलियन डलर क्षतिपुर्ति पाउन सक्छन् ।
एजेन्सी