टेक्ससकी रिमा अन्तराष्ट्रीय स्तरकाे साैन्द्रय प्रतियाेगितामा उपविजेता

न्युयोर्कमा सम्पन्न भएको अन्तराष्ट्रिय स्तरको मिस इमीग्रेन्ट सौन्दर्य प्रतियोगितामा रिमा शर्माले फस्ट रनर अप (उपविजेता) टाइटल जितेकी छिन् ।
टेक्ससको क्यारोल्टन निवासी शर्माले अमेरिकामा बसोबास गर्ने विभिन्न मुलुकका आप्रवासी प्रतिस्पधीहरुसंग प्रतिस्पर्धा गदै उक्त टाइटल हात पारेकी हुन । त्यसो त रिमाले हालै सम्पन्न मिस नेपाल युएसएमा पनि फस्ट रनर अप कै टाइटल पाएकी थिइन ।
मिस इमिग्रेन्टमा पोल्याण्ड, थाइल्यान्ड, लाइबेरिया, साइबेरिया, रसिया, बेलायत, इरान लगायतका मुलुकहरुका प्रतिस्पर्धीहरु सहभागी थिए । नेपालको प्रतिनिधित्व गरेकी शर्माले नेपाल भ्रमण वर्ष २०२० लाई पनि कार्यक्रममा प्रचारप्रसार गदै प्रर्वद्धन गरेकी थिइन ।
यो प्रतियोगिताले नेपालको पहिचान अन्तराष्ट्रिय क्षेत्रमा दिन केही हद सम्म सहयोग पु¥याए जस्तो लाग्छ उनले युएसनेपाल पोष्ट संग भनिन– ‘यो नै मेरो लागी ठुलो उपलब्धी हो ।’
कम्पयुटर साइन्स अध्ययन गरिरहेकी रिमाले १५ वर्षको उमेरमा नेशनल अमेरिकन मिस नामक प्रतियोगितामा समेत सहभागीता जनाएकी थिइन । रंग र कुची समेत चलाउने रिमा क्यानभासमा रंग पोत्ने राम्रो कलाकार पनि हुन । उनका कलाहरु अनलाइनबाट समेत किन्न पाईन्छ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...