अमेरिका– अमेरिकाको टेनिसी राज्यको एउटा म्यागडोनाल्डस रेष्टुरामा आफनो अर्डर ढिलो गरेको भन्दै रिसको झोकमा टाउको फोरिदिएकी छिन् ।
भोकले अत्तालिएर म्याकडोनाल्डस पसेर खाना अर्डर गरेर पर्खिरहेकी उनले ढिलो गरेको भन्दै म्यागडोनाल्डसका कामदारको टाउको फोरेकी हुन । महिलाको पहिचान हुन सकेको छैन । प्रहरीले उनको खोजी गरिरहेको छ । घटना ब्रिक चर्च पाइक स्थित म्याकडोनाल्डसमा घटेको हो ।
धेरै समय सम्म खाना नआएपछि ति महिला रिसले चुर भएर फ्रेन्च फ्राई निकाल्ने मेटलको स्कुपले कामदारको टाउको प्रहार गरेकी थिइन । उनको यस्तो व्यवहारले रेष्टुरेन्टमा रहेका सबै कामदार अचम्मित बनेका थिए ।
उनले रेष्टुरेन्टमा चिप्स र फ्राइज अडर गरेकी थिइन । डेली स्टारको रिपोर्ट अनुसार ति महिला अबेरसम्म पनि अर्डर नआएपछि निराश भएकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected